काठमाडौं
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एकवर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ ।
यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमले जहाजको भाडादर स्वीकृति पाएको हो । यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए ।
अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्षपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए।
निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ। निगमले काठमाडौं जापान एकतर्फी न्युनतम ४५ हजार र दुईतर्फी ८० हजार रुपैयाँमा उडान गर्ने निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया