विप्लव समूहका ब्यूरो सचिवसहित १३ जना पक्राउ

विप्लव समूहका ब्यूरो सचिवसहित १३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका सेती ब्यूरो सचिव एवं पूर्वसांसद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चलाउने भएको छ ।

सरकारबाट प्रतिबन्द लगाइएपछि हालसम्म उक्त समूहका १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा विप्लव समूहका युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान सङ्घका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo