सुदर्शन गौतमविरुद्ध इन्टरपोलले जारी गर्यो ‘रेडनोटिस’

सुदर्शन गौतमविरुद्ध इन्टरपोलले जारी गर्यो ‘रेडनोटिस’

केन्द्रबिन्दु
0
Shares

मानव तस्करमा संलग्न सुदर्शन गौतमविरुद्ध इन्टरपोलले ‘रेडनोटिस’ जारी गरेको छ।

करिब साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको प्रहरी महानिरीक्षक (आईजीपी) तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीले जानकारी दिए । रेडनोटिस जारी भएसँगै अब इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी पुर्याएको थियो । उनीहरुलाई फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो । तर, त्यहाँ पानीजहाज बिग्रिएपछि त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो ।

त्यसपछि सुदर्शनको धन्दा बाहिर आएको हो । गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएको बताइएको छ । उनले सगरमाथा चढ्नुका साथै अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’ मा अभिनेताको भूमिका निभाएका थिए ।

Logo