शुक्रबार ( आज ) देशका पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
त्यसैगरी रातिको समयमा देशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका केहि स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।































प्रतिक्रिया