यौन सम्पर्कबिनै यी डाक्टर बने ४९ सन्तानका पिता

यौन सम्पर्कबिनै यी डाक्टर बने ४९ सन्तानका पिता

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यौन सम्पर्कविना नै कसैले सन्तान जन्माउन सक्छन ? हामी भन्छौं सकिदैन् । तर नेदरल्याण्डका १ जना डाक्टर यौन सम्पर्कविनै ४९ सन्तानका पिता बनेका छन् । निःसन्तान दम्पत्तिहरुको लागि टेष्टट्युब प्रविधिबाट गर्भाधारण गराएर सन्तानलाभ गराउँदै उनी यौनसम्पर्कविनै बाबु बनेका हुन् । क्लिनिक सञ्चालन गर्ने ती डाक्टरले शुक्रकिट बैंकबाट लिइएका शुक्रकिटसँग आफ्ना शुक्रकिट साटफेर गरी गर्भाधारण गराउने गरेको खुलासा भएको हो ।

गत शुक्रबार गरिएको डीएनए परीक्षणबाट उनको यस्तो कर्तुत पर्दाफास भएको थियो । अदालती आदेशपछि निजमेगन सहरस्थ्ति एक सामाजिक संगठनले बच्चाको डीएनए परीक्षण गराएको थियो । उक्त संस्थाले क्लिनिकमा पैदा भएका बच्चा तथा उनीहरुका अभिभावकहरुको प्रतिनिधित्व गर्ने गर्दछ ।

यद्यपि, त्यस्तो कर्तूत गर्ने डाक्टर जोन कोर्बाटको सन् २०१७ मै मृत्यु भइसकेको छ । मृत्युअघि नै उनले आफू ६० बच्चाको पिता बनिसकेको स्वीकारेका थिए । अनियमितता र अन्य विभिन्न खाले गैरकानूनी काम गरेको अभियोगपछि उनको क्लिनिक सन् २००९ मै बन्द गराइएको थियो ।

Logo