बिहिबार बिहान सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भयो। नवविवाहित जोडीको पोज र फोटोको ब्याकग्राउण्ड हेर्दा ‘हनिमून मूड’ देखिन्छ। सरकारी नम्बर प्लेटको गाडीमा बेहुला र बेहुलीको फोटोसेसन देखेपछि धेरैले सरकारी गाडीको दुरुपयोग गरेको भनेर आलोचना गरेका छन् ।
तर, कहिलेकाही आँखाले देखेको सबै कुरा सही हुदैन भने झैँ यो फोटोको वास्तविकता भने अर्कै छ । सामाजिक संजालमा अड्कलबाजी गरे जस्तो न यो हनिमून मनाएको फोटो हो न त अरु कुनै।

यो फोटो स्टार फोटो स्टुडियोका फोटोग्राफरले एउटा विवाह पार्टीमा खिचेका हुन् । फोटोग्राफर अमृत सुर्खेतीले फेसबुकमा यो फोटो अपलोड गरेपछि फोटो भाइरल भएको हो। यो सरकारी गाडी नै हो। यो फोटोमा रहेको गाडी (बा २ झ १६५०) मा मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल चढ्छन् ।
तर, मेयर अर्यालले बिबाह पार्टीमा जाँदा बेहुला बेहुलीले यो फोटोसेसन गरेको खुलेको छ।





























प्रतिक्रिया