पुनर्निर्माणको काम चाँडै सकाउनु- प्रधानमन्त्री

पुनर्निर्माणको काम चाँडै सकाउनु- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको काम समयावधि भित्रै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।

चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गरे ।  मुलुक भूकम्पीय जोखिम भएकाले नै त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गरिरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पुरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुनेमा पनि ढुक्क हुन सबैलाई आग्रह गरे ।

Skip This
Skip This
Logo