नौविसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प

नौविसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

धादिङको नौविसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको छ । भुकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशभर नै महसुस गरिएको थियो । विहान ६ बजेर ३० मिनेटमा भुकम्प गएको हो । विहानै गएको यस भुकम्पले के कति क्षति पुगेको छ भन्ने बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

०७२ बैशाख १२ को विनासकारी भुकम्पपछि गएका सानातिना पराकम्प आउने क्रम रोकिएका छैनन् । तर आजको भुकम्प पनि ०७२ कै पराकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पपछि सर्वसाधारण त्रसित भएर घरबाहिर निस्किएका छन् ।

Skip This
Skip This
Logo