दमौली
पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन् । तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो ।
वैवाहिक साइनो गाँसेको पाँच दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पति कास्की पोखरा महानगरपालिका ३३ पुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवरको मृत्यु भयो । दुर्घटनामा घुँडा भाँचिएकी सिर्जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
पढ्नका लागि पोखरा आएकी सिर्जना स्थानीय सञ्चार उद्यमी उमनाथ बरालको प्रेसमा काम गर्छिन् । मेहनती र लगावपूर्ण रुपमा काम गरेकी राउतलाई उनै प्रेस धनी बरालले जोडी खोजिदिएका थिए । सिर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप । बरालका अनुसार सानिमासँग भेटघाट गरेर पोखरा फर्कने उनीहरूको तयारी थियो ।
‘परीक्षाका कारण श्रीमतीलाई पोखरा छाडेर उनी काठमाडौं जाँदै थिए,’ बरालले भने, ‘तर नसोचेको घटना भइदियो ।’ सन्दीप सवार मोटरसाइकल बसमा ठोकिनुमा सडकको खाल्डाखुल्डी कारक रहेको ट्राफिक प्रहरीको ठम्याई छ। ‘सडकमा खाल्डाखुल्डी हुँदा मोटरसाइकल नियन्त्रणमा आउन सकेन र जोगिन खोज्दा बससँग ठोकिएको देखिन्छ,’ ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले भने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया