एक करोड ६५ लाख भाडा तिरेर राष्ट्रपति निगमको चार्टर्ड जहाजमा चीन जाने

एक करोड ६५ लाख भाडा तिरेर राष्ट्रपति निगमको चार्टर्ड जहाजमा चीन जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो ।

यो एक सय ५८ सिटे जहाज हो । यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले भने, ‘भिभिआइपी उडान भएकाले त्यसको प्रक्रिया अनुसार हामीले तयारी गरिरहेका छौँ ।’ परराष्ट्र मन्त्रालयको समन्वयमा जहाज पठाउन लागेको निगमले जनाएको छ । भिभिआइपी उडानमा वरिष्ठ क्याप्टेनसहितको पाइलटको टोली र क्याबिन क्रुको टोली पठाउने तयारी निगमले गरेको छ ।

निगमका अनुसार राष्ट्रपतिको भ्रमणको पहिलो दिन काठमाडौँबाट सियानसम्मको उडान हुने छ । त्यसैगरी, सियानबाट राष्ट्रपतिलाई बेइजिङमा छोडेपछि जहाज काठमाडौ फर्कने तालिका रहेको निगमले जनाएको छ । त्यस्तै उनलाई लिन फेरि जहाज जानेछ ।

तीन दिने चार्टर्ड उडानको लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए । यो रकम सरकारले निगमलाई दिने पनि ती अधिकारीले बताए ।

निगमले राष्ट्रपतिको भ्रमणका आफना जहाज प्रयोग हुने भएपछि आवश्यक पर्ने सवै तयारी थालि सकेको जनाएको छ । साथै भ्रमणका क्रममा प्रयोग हुने विमानस्थलसँग समन्वय थालिसकेको निगमको भनाई छ । राष्ट्रप्रमुखको औपचारिक विदेश भ्रमणमा निगमको जहाज पठाउन पाएकोमा खुशी लागेको निगमका सहप्रवक्ता कोईरालाले बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo