नेपाल स्काउटले प्रदेश नं. १ को राजधानी विराटनगरबाट बृहत्त अभियान सुरु गरेको छ । प्रदेश १ का १ सय ३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेजहरुको प्रतिनिधित्व गराउँदै ठूलो संख्यामा स्काउट प्रशिक्षण सुरु गरेर अभियानको थालनी गरेको हो । यस तालिममा साढे ५ सय प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
गत बैशाख ४ बाट सुरु भएको प्रशिक्षण ६ दिनसम्म चलेको थियो । नेपाल स्काउट प्रदेश नम्बर १ अन्तर्गत यस स्काउट आधारभूत तालिमको उद्घाटन प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले गरेका थिए । यस बृहत्त प्रशिक्षण कार्यक्रमको उद्घाटन मूख्यमन्त्री राई र नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा प्रमुख आयुक्त लोकबहादुर भण्डारीले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा ३ सय २७ पुरुष र १ सय ९५ महिलाले तालिममा सहभागिता जनाएका छन् ।





























प्रतिक्रिया