देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
इन्जेक्सन लगाएर ‘ग्याङ् रेप’, किशोरीको काठमाडौँमा उपचार हुँदै
कैलालीको घोडाघोडीकी १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ। उनीहरुले बैशाख १ गते किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ।
श्रीलंकामा फेरि विस्फोट: अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल प्रतिबन्ध
श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो फेरि बम बिस्फोट भएको छ । राजधानी कोलम्बोस्थित देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । लगातार बम विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ।
नेकपा पार्टी एकता प्रक्रिया टुंगियो, भोलि घोषणा हुने
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता प्रक्रिया टुंगिएको छ । एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता टुंगोमा पुगेको र भोलि घोषणा हुने जानकारी दिए । आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त जानकारी गराएका हुन् । ‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ । भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’ अध्यक्ष प्रचण्डले भने ।
जब क्रिजमा सन्दीप र क्रिकेटका बादशाह क्रिस गेलको भेट भयो
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार रातिको खेलमा एउटा रोचक दृश्य बन्यो । एकातिर भर्खर १८ वर्षमा प्रवेश गरेको केटो सन्दीप लामिछाने । अर्कोतिर क्रिकेट दुनियाँकै बादशाह क्रिस गेल । पछिल्लो समय उदियमान खेलाडीका रुपमा चिनिएका सन्दीपको लागि क्रिस गेलसँग सामना गर्नु फलामको चिउरा चपाउनु सरह थियो । तर उनले फलामै चिउरा चपाएर आफुलाई प्रमाणित गरेर देखाईदिए ।
स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा नर्सको शंकास्पद शव
काठमाडौँमै दिउँसै घरधनीसहित ३ जनालाई बाँधेर लुटपाट
आज पनि अपरान्हपछि हावाहुरी र चट्याङको सम्भावना
प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध- विप्लव
श्रीलंका बम विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
प्रधानन्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप
आइएमई इन्स्योरेन्स र भरपर्दो सहकारीबीच सम्झौता
प्रमोदको ‘झुमा झुमा’ नम्बर १ ट्रेण्डिङ्मा, १० लाख भ्यूज (भिडियो)
२० वर्षीया हलिउड नायिकाको हट अवतार
केटाहरु अविवाहित भन्दा विवाहित महिलाप्रति किन पर्छन् लठ्ठ ?
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया