राप्रपाको दोस्रो चरणको आन्दोलनको लागि कार्यदल गठन

राप्रपाको दोस्रो चरणको आन्दोलनको लागि कार्यदल गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिवार बसेको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सात सदस्यीक कार्यदल गठन गरेको छ । कार्यदललाई सात दिन भित्र कार्ययोजना पेश गर्न केन्द्रिय समितिले निर्देशन पनि दिएको छ ।

पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोश्रो चरणको संघर्षलाई थप उचाइ प्रदान गर्न, सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न गठन गरिएको कार्यदलमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा.धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेका छन् ।

राप्रपाले आज आइतवार गर्ने राजमार्ग र चोकहरुमा सत्याग्रहको गर्ने भनिएको पुर्व घोषित कार्यक्रम स्थगित भने गरिएको छ । यो कार्यक्रमलाई दोश्रो चरणको संर्घषमा समावेश गरिने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

राप्रपा केन्द्रिय समिति बेठकले पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा एवं भर्तसना गरेको छ । राप्रपा बैठकले सरकारलाई आफ्नो पार्टीले उठाएका मागहरूका सम्बन्धमा गम्भिर बन्न तथा दमन र हस्तक्षेपबाट नभइ वार्ता, सम्बाद र सहमतिका आधारमा सम्बोधन गर्न आग्रह पनि गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo