गोठमा आगलागी हुँदा ३ वर्षीय बालकको जलेर मृत्यु

गोठमा आगलागी हुँदा ३ वर्षीय बालकको जलेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङ । पश्चिम निसीखोलामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार निसीखोला गाउँपालिका २ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी हुँदा उक्त घटना भएको हो । गोठ जलेर नष्ट हुँदा मानवीय क्षतिसहित तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

File Photo

Skip This
Skip This
Logo