गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अन्तिम चरणमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

बुटवल

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धावनमार्ग निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्तरका उडान भर्न सकिन्छ । आयोजना प्रमुख प्रवेश अधिकारीले वैशाखभित्र धावनमार्ग निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए । धावनमार्गको प्रत्येक लेयरको पिच ७ दशमलव ५ मिटरको छ ।

धावनमार्ग ३ किलोमिटर लम्बाईको छ । धावनमार्ग ‘ट्याक्सी वे’ सँग जोडिनेछ । धावनमार्ग विमानस्थलको मेरुदण्ड मानिन्छ । अधिकारीले थपे, ‘बाधा अवरोध नआए अबको तीन साताभित्र रनवे निर्माण सम्पन्न हुन्छ ।’

धावनमार्ग पूर्णरूपमा तयार भए पश्चात् आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानका विमानहरूलाई यहाँ अवतरण गराउन सकिने आयोजना प्रमुख अधिकारीले बताए । आयोजनामा अहिलेसम्म ७० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको कामलाई अहिले तीव्रताका साथ अघि बढाएको छ । अहिले दिनरात गरी १५० जना कामदार काममा निरन्तर खटिएका छन् । त्यस्तै टयाक्सी वे को काम पनि धमाधम भइरहेको छ । १६० वटा ट्याक्सी पार्किङ गर्ने पार्किङस्थल बनाइँदै छ ।
राजधानीबाट

Skip This
Skip This
Logo