इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा बिहिबार दिल्ली क्यापिटल्स र मुम्बइ इन्डियन्स खेल्ने भएको छ । आजको खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा बेलुका ८ः१५ बजे सुरु हुनेछ ।
नेपाली लेग स्पेनर सन्दीप लामिछाने दिल्लीको टिममा आवद्ध टिम छन् । दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित निकालेको छ । सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको दिल्लीले कोलकता नाइट राइडर्समाथि ७ विकेट र रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ४ विकेटको जित निकालेको थियो । यी तीन मध्ये २ खेलमा सन्दीप बेञ्चमा रहेका थिए ।
मुम्बइले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दा पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको हार व्यहोरेको थियो । यस्तै किङ्स इलेभेन पन्जाबलाई ३ विकेटले हराएको थियो ।
दिल्ली ५ खेलमा जित र ३ मा हारको नतिजासहित ८ अंकका साथ लिगको दोस्रो स्थानमा छ । मुम्बइको समान खेल र नतिजासहित ८ अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ ।
आजको खेलमा पनि सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना न्युन छ ।





























प्रतिक्रिया