गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन्। बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै सचिव राई र आइजिपी खनाललाई पुरस्कृत गरिएको हो।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापाले राई र खनाललाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । सचिव राई र नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै भविष्यमासमेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४सम्मको आव २०७४/७५मा फछ्र्यौट गरिसक्नुपर्ने र अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम चार अर्ब ३० करोड ९७ लाख रहेकोमा दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ ।
यस्तै नेपाल प्रहरीको आव २०७३/७४सम्मको बेरुजु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ ।































प्रतिक्रिया