नेपाल पत्रकार महासंघले देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित ७७ जिल्ला प्रशासन कार्यालयमा बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन्।
महासंघले ऐनको दफा ४७ र ४८ खारेज गर्न तथा पक्राउ परेका अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गरेको छ । पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई समाचार लेखेकै आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको थियो । उनलाई विनाशर्त रिहाइको माग गर्दै पत्रकारले धर्ना दिएका हुन्।
पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेका गिरी प्रहरी नियन्त्रणमा छन् ।





























प्रतिक्रिया