वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

केन्द्रबिन्दु
0
Shares

कामना न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । पाँच महिनादेखि बिरामी रहेका श्रेष्ठको बुधबार विहान ६० वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको २०७५ वैशाख ४ गते नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । ‘त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उनमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए ।’ विज्ञप्तिमा भनिएको छ ।

भारतको मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गराई काठमाडौँ ल्याइएको थियो।

Logo