हावाहुरी प्रभावित क्षेत्रमा पुनः हुरीले टेन्ट उडायो

हावाहुरी प्रभावित क्षेत्रमा पुनः हुरीले टेन्ट उडायो

केन्द्रबिन्दु
0
Shares

बारा

मौसम बदली भई मंगलवार साँझ एक्कासी असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुको टेन्ट उडाएको छ । फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ६ को पुरैनिया र वडा नम्बर ३ को गछीया टोलमा दाताले दिएको दर्जन भन्दा बढी टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मियाँले बताए ।

‘हुरी र पानीले बसिनसम्नु बनाएको छ,’ उनले भने, ‘भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।’ उता वडा १ भलुही भरबलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५/६ जनाको टेन्ट उडाएको बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झन् विजोग भएको उनले बताए ।

टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई विच्चली भएको उनले जानकारी दिए । दुई साताअघि आएको टोर्नेडोले घरविहिन बनाएपछि फेटा लगायत बाराका सयौं पीडितहरु टेन्टमा आश्रय लिएर बस्दै आएका थिए । गत चैत १७ मा आएको शक्तिशाली चक्रवातपछि यस क्षेत्रमा पटकपटक हावाहुरी र असिनापानी पर्दै आएको छ । टेन्टमा खाँदिएर बस्दै आएका हुरीपीडितहरुले आफुहरु घर न घाटको भएको बताएका छन् । दुई हप्ताभित्र हुरी प्रभावित क्षेत्रमा ३ पटक हावाहुरी र पानी परेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo