सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमानस्थलमा भएको जहाज दुर्घटना २ जनाको मृत्यु भएको छ।
समिटको नाइन एन ए एम एच विमान दुर्घटनामा कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हाे। त्रिभुवन विमानस्थलका प्रवता प्रतापबाबु तिवारीले जहाजका क्याप्टेन रवीन्द्र रोकाया, एक एयर हाेस्टेज र प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भएको जानकारी दिए। घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी भैरहेको छ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले उड्न लागेको समिट एयरको बिमान पार्किङ गरि राखिएको हेलिकप्टरसंग ठेक्किएर दुर्घट्ना भएको पुष्टि गरे । बिमान ठोक्किए लगत्तै आगो लागेको थियो ।
जहाज मनाङ र श्री एयरका हेलिकप्टरसित ठोक्किएको हो। जहाजको ठक्करले दुवै हेलिकप्टर पनि क्षतिग्रस्त भएको जानकारी दिए।































प्रतिक्रिया