काठमाडौं
नयाँ वर्ष–२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले हिंसाबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा आज देशवासीलाई शुभकामना दिदै उनले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताए ।
विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको विकल्प नभएको उनको भनाई थियो । २०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने उनले बताए ।
सम्बोधनको क्रममा उनले सरकारका उपलब्धिको चर्चा पनि गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धिको रुपमा व्याख्या गरे । साथै उनले सरकारका आगामी कार्य नितीका बारेमा पनि प्रष्ट पारेका थिए । शुसासनको शत्रु भ्रष्टाचार भएको बताउँदै उनले हामी नेपाली मिहिनेत र पसिनाको कमाईमा विश्वास गर्ने जाती भएकाले कसैसँग झुक्नु नपर्ने उनको भनाई थियो ।





























प्रतिक्रिया