विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले  प्रतिवन्धित विप्लव समूह निकट शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई पक्राउ गरेको छ ।

मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका थिए । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Skip This
Skip This
Logo