बुद्धकृष्णले सातौँ पटक जिब्रो छेड्ने

बुद्धकृष्णले सातौँ पटक जिब्रो छेड्ने

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

आगामी बैशाख २ गते मध्यपुरथिमि नगरपालिका ८ बोडेमा मनाईने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४७ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले बिहीबार पत्रकारलाई यसबारे जानकारी दिदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताउनु भएको हो ।

जात्रालाई लोप हुनबाट जोगाउन बुद्धकृष्णले यसवर्ष समेत गरी सातौं पटक जिब्रो छेड्ने भएको बताउनुभयो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर २ गते मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन अरु तयार नभएपछि आफैंले जिब्रो छेड्न तयारी गरेको बताउनु भएको हो । यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्नु भयो भने पछिल्ला २ वर्ष पनि पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष सातौ पटक जिब्रो छेड्ने भएको बताउनुभयो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर २ गते मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo