गुल्मीमा बिहिबार जिप दुर्घटना भएको छ । दुर्घटनामा पुर्वसांसद सहित २ जनाको मृत्यु भएको छ।
गुल्मीको दर्लिङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका – १ थामडाँडामा बिहिबार बिहान दुर्घटना भएकाे हो । दुर्घटनामा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र मालिका गाउँपालिका–१ का रोशर विकको मृत्यु भएको हो । धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।
जिपमा १० जना सवार रहेकोमा ८ जना घाइते भएका छन् ।































प्रतिक्रिया