त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अर्को जहाज दुर्घटनाबाट जोगियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अर्को जहाज दुर्घटनाबाट जोगियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीतर्फ उड्न लागेको भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। विमानले तेल नभरिकन काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको हो । जसका कारण विमान ठूलो दुर्घटनाबाट जोगिएको हो ।

विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रुपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए।

बुधबार ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङमा फर्काइएको थियो। तेल भरेपछि झण्डै दुई घण्टापछि करिब ५ बजेर २९ मिनेटमा उडान भरेको बिमानस्थलका प्रबक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

जेट एयरवेजको उडान नम्बर २६७ का जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। पाइलट मनोज अरोडाले उडाएको विमानमा १३८ यात्रु सवार थिए । उक्त जहाजमा सवार यात्रु राजेन्द्र बजगाईंले यसबारेमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

9W0267Jet Airways We all boarded and airplane went to the runway… we were about to take off..!!Suddenly, the…

Posted by Rajendra Bajgain on Wednesday, April 10, 2019

Skip This
Skip This
Logo