प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध चारवटा उजुरी

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध चारवटा उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेसका प्रदेशसभाका सांसद नरोत्तम बैद्यले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाविरुद्ध उजुरी दिनुभएको छ । मंगलबार कार्यालय समय सकिन ५ मिनेट मात्र बाँकी हुँदा संसदीय सुनुवाई समितिको सचिवालय सिंहदरबार पुगेर बैद्यले उजुरी दिनुभएको हो ।

वैद्य काठमाडौं–४ (१) बाट निर्वाचित कांग्रेसका प्रदेश सांसद हुनुहुन्छ । बैद्यले भन्नुभयो –‘पार्टीनिकट व्यक्ति भनेर चिनिएका थपलियालाई लोकसेवा आयोगको प्रमुखको जिम्मेवारी दिँदा स्वतन्त्रपूर्वक निर्वाचन र त्यसको परिणाम सबैले मान्य हुनेगरी आउँछ कि आउँदैन भन्ने मेरो प्रश्न हो । वहालवाला सचिवलाई त्यसरी प्रमुख बनाइएको इतिहास छैन र यसो गरिनुपनि हुँदैनथ्यो ।’

बैद्यले सरकार नेतृत्वको पार्टीले गलत मनाशय राखेर थपलियाको नाम प्रस्ताव गरेको आरोप लगाउनुभयो । उहाँले थपलियालाई गरिएको सिफारिसले संवैधानिक कानून र लोकतान्त्रिक गणतन्त्रकै खिल्ली उडाएको तर्क गर्नुभयो । थपलियाविरुद्ध उजुरी दिनका लागि शुक्रबारसम्मको म्याद छ ।

थपलियासँगै समावेशी आयोगका लागि प्रस्तावित सदस्य विष्णुमाया ओझाको विरुद्धमा पनि उजुरी दिन आव्हान गरिएको छ । संसदीय सुनुवाई समितिका सचिवालयका नायव सुब्बा रुपक पाण्डेले थपलियाविरुद्ध मंगलबारसम्म ४ वटा उजुरी परेको बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo