बाँकेमा विप्लव समूहका चारजनाले आत्मसमर्पण गरे, चार पक्राउ

बाँकेमा विप्लव समूहका चारजनाले आत्मसमर्पण गरे, चार पक्राउ

केन्द्रबिन्दु
51
Shares

नेपालगन्ज

नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँके जिल्लामा विप्लव समूहका चार जनाले आत्मसमर्पण गरिसकेका छन् । चार जना पक्राउ परेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर आत्मसमर्पण गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार खजुरा गाउँपालिका–८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी खाँले अबदेखि पार्टीको कुनै पनि गतिबिधिमा नलाग्ने प्रतिबद्धतासहित आत्मसमर्पण गरेका हुन् ।

तीन वर्षदेखि नेकपा माओवादी बिप्लवमा सहभागी रहेका खाँले पछिल्लो दुई वर्षदेखि जिल्ला सल्लाहकार थिए । यसअघि सल्यान घर भए नेपालगन्जमा बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्काले पनि आत्मसमपर्ण गरेका थिए ।

विप्लव समूहका बाँकेका पूर्वजनसरकार प्रमुख सन्तोष बस्नेत लगायत चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको प्रजिअ भुजेलले बताए ।
अन्नपूर्णबाट

Logo