धरान । बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन्। भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको धरानका डिएसपी सुमन तिमिल्सिनाले जानकारी दिए ।
घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ। गाडी उकालोबाट ओरालो आउँदैं गर्दा दुर्घटनामा परेको घाइतेहरुले बताएका छन् । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ ।
ओरालो आउँदैं गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेका सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । घाइते सबैलाई वीपी कोइराला मेमोरियल अस्पतालको आईसीयू कक्षमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तस्बिरः मकालु खबर































प्रतिक्रिया