काठमाडौं । सरकारले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आईतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार निधन भएका भिक्षु अश्वघोष महास्थवीरको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ । यसअघि उनी गम्भीर अस्वस्थ हुँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायतमन्त्री र सांसदहरु उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
भिक्षु अश्वघोष विसं २०४६ को जनान्दोलनपछि तत्कालीन संसद्मा तत्कालीन नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । नेपाली भिक्षु सांसदमा पुगेको पहिलो घटना थियो । २०४९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद रहेको भिक्षुले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उक्त सम्मान दिएको हो ।































प्रतिक्रिया