बारामा ‘टोर्नाडो’आएको पुष्टि, यो कसरी आउँछ ?

बारामा ‘टोर्नाडो’आएको पुष्टि, यो कसरी आउँछ ?

केन्द्रबिन्दु
0
Shares

गत आइतबार बारा, पर्सामा ‘टोर्नाडो’ आएको पुष्टि भएको छ । सरकारले एक प्रेस विज्ञाप्ती जारी गर्दै ‘टाेर्नाडो’ पुष्टि गरेकाे हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठले टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित  हुने भएकाले जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्ने बताए ।

बाराको बिपत्ती हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको जनाएको छ ।

श्रेष्ठले अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किनेर हेर्दा स्पष्ट दिखिने भएकाले प्रक्रिया शुरु गरेको बताए।  ‘टोर्नाडो’मा परेर बारा र पर्सा २८ जनाको ज्यान गएको थियो भने ५ सय जना भन्दा बढी घाइते भएका थिए।

के हाे ‘टोर्नाडो’, कसरी आउछ ?

‘टोर्नाडो’ एक खतरनाक हावाहुरी हाे, जुन सामुन्द्रिक आधिकाे रूप मानिन्छ । आधिहुरीकाे एक प्रकार मानिने ‘टोर्नाडो’ विषेश गरी अमेरिकी देशरूमा आउने गर्छ । नेपालमा ‘हुण्डरी’ भने जस्ताे याे तिव्र गतिकाे आधि हाे । याे जुन ठाँउमा आउँछ त्यहाँ ध्वश्त पार्छ ।

आँधीबेहरी भित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।

यो एक प्रकारको हावाहुरी नै हो । टोर्नाडो आउँदा आकाशबाट बादलसहितको शक्तिशाली वायु सोली धर्तीमा आउँछ । सोली बनेर आउने वायु जुन ठाउँमा ठोक्किन्छ त्यहाँ ठूलो बिनास निम्त्याउने गर्दछ ।

Logo