भक्तपुरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । जडिबुटीमा रहेको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको हो ।
बिहीबार राति २ बजेतिर भएको दुर्घटनामा परी तीनजना सवार स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की भने घाइते भएका छन् । उनीहरुको उपचार भैरहेको छ।
ठक्कर दिने टिप्पर र चालक भने सम्पर्कमा नआएको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
फोटो: सांकेतिक































प्रतिक्रिया