काठमाडौं । भारतीय मिडियाहरुले नेपाली सेनामा पाकिस्तानी गुप्तचर एजेन्सी ‘आईएसआई’ को घुसपैठ गरिएको आरोप लगाएका छन् । गोप्य सुत्रको हवाला दिँदै भारतको चर्चित मिडिया ‘आजतक‘ ले पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको हो ।
पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा उल्लेख गरेको छ । चीनको शैलीमा पाकिस्तान नेपालसँग नजिक हुने कोशिस गरिरहेको र त्यसमार्फत नेपालमा भारतविरोधी काम गर्न खोजिएको ‘आजतक’ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
सुरक्षा विभागको सुत्र भन्दै पाकिस्तानले काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज’ बनाएर नेपाली सेनामा आफ्नो प्रभाव बलियो पार्न खोजेको जनाएको छ । पाकिस्तानले काठमाडौँमा रहेको आफ्नो हाई कमिशनमार्फत भारत विरोधी प्रोपागाण्डा पनि चलाइरहेको आरोप आजतकले लगाएको छ ।
‘नेशनल डिफेन्स कलेज’ बनाउने विषयमा पछिल्लो केही दिनभित्र पाकिस्तान र नेपालबीच कैयौ चरणमा बैठक भइसकेको जानकारी आफूहरुसँग रहेको ‘आजतक’ को दावी छ ।
यसले मोरङ जिल्लामा लश्कर–ए–तोयबाका संदिग्ध मौलाना उमर मदनी भारत विरोधी कार्य गरिरहेको लेखिएको छ । मौलाना मदनीले विदेशबाट पैसा मगाएर नेपालका मुसलमान बहुल जिल्लाका मुसलमान युवाहरुलाई लश्करमा सामेल गराइरहेको समाचारमा उल्लेख छ ।
भारतीय गुप्तचर एजेन्सीहरुले मदनीले विदेशी रकम नेपालका एनजीओहरुमार्फत ल्याएको इशारा गरेको र यसमा कतारदेखि समेत पैसा आइरहेको उसको दावी छ ।































प्रतिक्रिया