बारा
आइतबार बेलुका आएको हावाहुरीबाट प्रभावितको उपचार र राहत सामग्री वितरण गर्नको लागि डा.गोविन्द केसी बारा आएका छन् । मंगलबार पुरैनिया पुगेका डा केसीले हावाहुरीबाट घाइते भएकाहरुको उपचार र राहत सामग्री समेत वितरण गरेका छन् ।
पुरैनिया र भतुही भरवलीयामा पुगेर १५० जना भन्दा बढी घाइतेको उपचार गरिएको र पीडितलाई खाद्यान्न र कपडाहरु समेत वितरण गरिएको डा. केसीले बताए । उनले फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनियाका वडाध्यक्ष जाकिर हुसेन लगायत धेरै जनाको उपचार गरेका छन् ।
डा केसीले क्षतिग्रस्त गाउँमा पुग्दा अधिकांश घरहरु भत्केको र धेरै जना अझै पनि उपचारबाट बन्चित रहेको अवस्था देखिएको बताए ।
हावाहुरीबाट बारामा मात्रै मंगलबारसम्म २७ जनाले ज्यान गुमाएका छन् भने ६ सय ४ जना घाइते छन् । त्यस्तै मंगलबार दिउँसोसम्मको तथ्यांक अनुसार १५ सय भन्दा बढीले घर गुमाएको पाइएको बारा प्रहरीले जनाएको छ ।
नागरिकबाट































प्रतिक्रिया