केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

सहयोग घोषणाको तछाडमछाडदेखि न्यायाधीश सिफारिससम्म

सहयोग घोषणाको तछाडमछाडदेखि न्यायाधीश सिफारिससम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

बारा-पर्सा हावाहुरीः मृतकका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई पाँच-पाँच लाख दिने घोषणा गरेका छन्। मंगलबार बाराको फेटा गाउँपालिका ६ पुरैनियाँ पुगेका प्रचण्डले पीडितलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट पाँच-पाँच लाख दिने घोषणा गरेका हुन्।

बाबुराम भट्टराईले हावाहुरी पीडितलाई १५ दिनको तलब दिने

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्साका हावाहुरी पीडितलाई १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन। उनले भने-‘मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु ।’

हावाहुरी प्रभावित क्षेत्रमा पुगे देउवा, २५ लाख सहयोग गर्ने घोषणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । हावाहुरीले बढी असर गरेको क्षेत्र फेटा गाउँपालिका पुगेर निरिक्षण गरेका हुन् । उनले हावाहुरी प्रभावितहरुलाई भेट गर्दै नेपाली कांग्रेसको तर्फबाछ२५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

इपीएस भाषा आवेदनबाटै २४ करोड कोरिया सरकारको खातामा

कोेरियन भाषा परीक्षाको लागि ९२ हजार नेपालीले आवेदन दिएका छन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत कामको लागि कोरिया जान भाषा परीक्षाको लागि ९२ हजार ३ सय १९ जनाले आवेदन दिएका हुन् । ईपीएस कोरिया शाखा निर्देशक कृष्ण खनालले गत वर्षभन्दा १० हजार बढीले आवेदन भरेको जानकारी दिए । गत वर्ष ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । यो वर्ष पहिलो पटक अनलाईन मार्फत आवेदन भर्न सकिने व्यवस्था गरिएको थियो । २०२० को लागि कोरिया जान भाषा परीक्षा दिनेहरुको संख्या मागभन्दा ८२ हजार बढी हो । २०२० मा १० हजार नेपालीले कोरिया जान पाउनेछन् ।

हावाहुरी पीडितलाई सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ राहत दिने

सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सामा आएको भीषण हावाहुरीका पीडितलाई राहतका लागि एक करोड रुपैयाँ दिने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितको राहत र पुनस्र्थापनाका लागि एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

न्याय परिषदद्वारा सर्वोच्चको न्यायाधीशमा ५ जनाको नाम सिफारिस

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । न्यायाधीश सिफारिस हुनेमा मनोजकुमार शर्मा, हरि फुयाँल, कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा रहेका छन् ।

अष्ट्रेलियामा २ नेपालीबीच झगडा, टाउकोको हड्डी भाँच्चियो

टिपरको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

जब एटिएम फुुटाउँदै गरेको अवस्थामा दुुई जना रंगेहात समातिए

महिलाको बयान, ‘भिनाजुसँग प्रेममा थिए, श्रीमान बाधक बनेपछि हत्या गरे’

बाफलमा मागीखाने युवकको विभत्स हत्या, प्रहरी कुकुर नै अलमलियो

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो

सन्दीप बने २०१९ मा सर्वाधिक विकेट लिने खेलाडी (भिडियोमा)

भुवन प्रकाशको “ए माछी” बजारमा ( भिडियो सहित )

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo