एजेन्सी । अर्ध–नग्न प्रदर्शनकारीहरुले सोमबार ब्रिटीसको संसदमा प्रदर्शन गरेका छन् । तल्लो सदन (हाउस अफ कमन) मा गएर उनीहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् । सो समय सदनमा ब्रेक्जिटसम्बन्धमा वहस चलिरहको थियो ।
प्रदर्शनकारीहरुले सर्वसाधरण ग्यालरीको सिसाबाट २० मिनेटसम्म तल च्याम्बरमा आफ्नो नितम्ब देखाएका थिए । माथि ग्यालरीमा अहिंसात्मक प्रदर्शन चलिरहँदा तल च्याम्बरमा सांसदहरुले वहस जारी राख्ने प्रयास गरेका थिए ।
‘एक्जिस्टेन्सियल रिवेलियन’ नामको समूहका ११ अभियानकर्मीहरुले विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरुले आफ्नो छातिमा ‘सबैको लागि जीवन’ र ‘एसओएस’ जस्ता नाराहरु लेखेका थिए । समुहले जलवायु परिवर्तन मुद्धा ब्रेक्जिट वहसमा प्रमुखजस्तै मुद्धा हुनुपर्ने भए पनि हालसम्म छलफलमै नआएको आरोप लगाएको छ ।































प्रतिक्रिया