काठमाडौं । एटिम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम फुुटाउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका १ कमलपोखरीस्थित नेपाल इन्भेष्टमेण्ट बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने उदयपुरका १८ वर्षीय अशोक पुरी र बानेश्वर बस्ने काभ्रेका २२ वर्षीय सोनाम गुरुङ पक्राउ गरेको हो ।
रकम चोरी गर्ने उद्देश्यले एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया