पेटमा बोतलले प्रहार गरेको शव फेला

पेटमा बोतलले प्रहार गरेको शव फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बाफल पुलमूनि अन्दाजी  २५/२६ वर्षीय युवकको शव फेला परेको छ। मंगलबार बिहानशव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतकको पेटमा सिसाको बोतलले प्रहार गरेको देखिएको छ । शवको पहिचान भएको छैन । केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठिक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनाको अनुसन्धान गर्ने प्रहरीले तालिमप्राप्त कुकुर र चिकित्सकको टोली परिचालन गरिएको छ ।

Logo