काठमाडौँ
इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान ९२ हजार भन्दा बढीको आवेदन परेको छ । ७ चैत राति १२ बजेदेखि खुला गरिएको इपिएस भाषा परीक्षाको फाराम भर्नेको संख्या आइतबार साँझ ८ बजेसम्म ९२ हजार २ सय ४ पुगेको हो ।
आवेदन भर्ने मध्ये ६३ हजार ३ सय ७० जनाले उत्पादनमूलक क्षेत्रमा र २८ हजार ८ सय ३४ जनाले कृषि तथा पशुपालन क्षेत्रमा जान चाहेका छन् । आइतबार राति १२ बजेसम्म फाराम भर्ने अन्तिम समय भएकाले यस वर्ष इपिएस भाषा परीक्षाका लागि ९४ हजारसम्म आवेदन पर्न सक्ने अनुमान गरिएको छ ।
भाषा परीक्षामा सहभागी हुनेहरू मध्येबाट उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार गरी अनुमानित १० हजार ५० जना छनोटमा पर्नेछन् । यद्यपि, कामदारको मागअनुसार उत्तीर्ण हुनेको संख्या घटबढ हुन सक्ने इपिएस शाखाका निर्देशक कृष्ण खनालले जनाए ।
आवेदन दिएकाहरुले काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुने इपिएस भाषा परीक्षामा आगामी जेठ २५ र २६ गते सहभागी हुन पाउनेछन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया