काठमाडौँ
बाराको ठेटा गाउँपालिका ३ पूर्णिया गाउँमा आइतबार राति आएको हावाहुरीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
अचानक आएको हावाहुरी र भुमरीले इजहार मियाको घर भत्कायो । घरमा सुतिरहेका उनकी पत्नी मिना खातुन, बुहारी सकिमा खातुन, नातीनीहरु रुख्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको हो ।
हावाहुरी चलेको बेला घर बाहिर रहेका छोरा हैदर अली घाइते मात्र भए । इजहार भने कामको सिलसिलामा जिल्ला बाहिर थिए ।
छिमेकी अब्दुल रहमानले हावाहुरीसँगै आएको भुमरीले घर भत्काउँदा भित्र रहेका चार जनाको मृत्यु भएको बताए । ‘यस्तो आँधी कहिल्यै देखेको थिएन,’ उनले भने, ‘सोच्न नपाउँदै ठूलो विनास भइसकेको थियो ।’ उनले आफ्नो टोलमा मात्र ११ जनाको मृत्यु भएको बताए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया