हावाहुरी प्रभावितलाई नेकपाका सांसदहरुले एक दिनको तलब दिने

हावाहुरी प्रभावितलाई नेकपाका सांसदहरुले एक दिनको तलब दिने

केन्द्रबिन्दु
0
Shares

बारा र पर्साका हावाहुरी प्रभावितको सहयोगका लागि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिएका हुन् ।

‘बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।’ सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्।

हावाहुरीका कारण मृतकको संख्या ३२ पुगेको छ भने ५ सय भन्दा धेरै घाइते भएका छन् ।

Skip This
Skip This
Logo