शोकेस परियोजनामै लगानीकर्ताको कम आकर्षण

शोकेस परियोजनामै लगानीकर्ताको कम आकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगतमा परियोजना नतोकी लगानी आह्वान गर्दा वास्तविक लगानी नआएको भन्दै २७ निजी सहित ७७ परियोजना सरकारले लगानी सम्मेलनमा शोकेस गरेको थियो । तर शोकेस परियोजनामै आकर्षण कम देखिएको छ ।

दुई वर्ष अघि भएको लगानी सम्मेलनमा १४ खर्ब बराबरको प्रतिवद्धता आए पनि २० प्रतिशत पनि लगानी ल्याउन नसकेपछि शुक्रबार र शनिबार भएको लगानी सम्मेलनका लागि ७७ परियोजना शोकेस गरेको थियो । लगानी बोर्डका अनुसार ७७ शोकेसका परियोजना मध्ये ११ वटामा मात्र प्रस्ताव आएको छ । जसमध्ये सरकारीतर्फका परियोजना मात्र छन् ।

निजी क्षेत्रले प्रस्तुत गरेका २७ परियोजना मध्ये कुनै पनि आयोजनामा औपचारिक रूपमा प्रस्ताव भने आएन । तर लगानी सम्मेलनको क्रममा तीन परियोजनामा समझदारी भने भएको छ । बोर्डका अनुसार लगानी सम्मेलनमा २९ खर्ब रुपैयाँ बराबरका सरकारी र साढे ३ खर्ब बराबर लागत भएका निजी क्षेत्रका परियोजनाहरू शोकेस गरिएको थियो ।

बोर्डले दिएको जानकारी अनुसार २९ खर्ब लागतमध्ये ९ खर्ब ३३ अर्ब लागत बराबरको परियोजनामा प्रस्ताव तथा साढे ३ खर्ब लागतमध्ये एक खर्ब लागत बराबरका परियोजनाहरूमा समझदारी भएको छ । शोकेसमा नभएका ९४ अर्ब बराबरका दुई परियोजनाले बोर्डमा प्रस्ताव गरेका छन् भने ५ नयाँ प्रस्तावमा समझदारी भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी २० अप्रिलसम्म विदेशी लगानीकर्ताहरूले आवेदन दिने व्यवस्था गरेकोले कति प्रस्ताव आउँछ भनेर कुर्नु पर्ने बताउँछन् । “प्रारम्भिक प्रस्ताव हेर्दा सन्तोषजनक छ, प्रस्ताव नै कति आयो भन्ने थाहा पाउन २० अप्रिलसम्म कुर्नुपर्छ,” उनले भने ।
कारोबारबाट

Skip This
Skip This
Logo