प्रदेश नं. २ मन्त्रिपरिषद निर्णय : मृतकका परिवारलाई ३ लाख दिइने

प्रदेश नं. २ मन्त्रिपरिषद निर्णय : मृतकका परिवारलाई ३ लाख दिइने

केन्द्रबिन्दु
0
Shares

जनकपुर

हावा हुरीबाट बारा, पर्सा लगायतका जिल्लामा आइतबार राति भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं. २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

साथै घाइतेको सबै खर्च समेत बेहोर्ने भएको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय समेत गरेको छ ।

क्याबिनेटको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं । उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’ हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ भने ५०० बढी घाइते भएका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo