काठमाडौं
आठ वर्षमा ५७ लाख भन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ ।
एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहादानी विभागले जनाएको छ ।
विभागका अनुसार एमआरपी लिने मध्ये ८० प्रतिशत पुरुष छन् । ४६ लाख ३३ हजार नौ सय ६५ पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।
राहदानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया