वीरगन्ज
बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरी पछि दुई नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलका अनुसार आपतकालिन अवस्थामा राहत र उद्दारको ठोस योजना बनाउन बैठक बोलाइएको हो ।
बारा र पर्सामा आएको हावाहुरीका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २८ पुगिसकेको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।
अहिले वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ । पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।





























प्रतिक्रिया