काठमाडौं
पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम आजदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा भएको तथा हावाहुरी समेत आएको महाशाखाका मौसमविद वरुण पौडेलले बताएका छन् ।
पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आजदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुनेछ । विभागले प्रि मनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिने बताएको छ । यद्यपी पूर्वी क्षेत्रका केही स्थानमा भने बिहानदेखि नै हल्का वर्षा भइरहेको छ ।
आज पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मंगलबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा सामान्यतया मौसम सफा रहनेछ ।































प्रतिक्रिया