भिषण आँधी हुरीमा परेर बारा र पर्सामा २८ जनाको मृत्यु , ५ सय भन्दा वढी घाइते

भिषण आँधी हुरीमा परेर बारा र पर्सामा २८ जनाको मृत्यु , ५ सय भन्दा वढी घाइते

केन्द्रबिन्दु
0
Shares

बारा

आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ र पर्सामा ४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

यता एक्कासि आएको हावाहुरीका कारण पर्सामा चार जनाको मृत्यु भएको छ । पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपतमा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

Logo