२१ दिनकी बालिकाको पोर्न भिडियो बनाउनेलाई २६० वर्षको जेल सजाय

२१ दिनकी बालिकाको पोर्न भिडियो बनाउनेलाई २६० वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । कुनै गल्ती गरेमा कति वर्षको जेल सजाय तोकिएला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ । सबैभन्दा ठूलो अपराध गरेको भए आजीवन कारावास । त्यो भनेको मानिस बाचुञ्जेलसम्म हो । तर अमेरिकाको एक अदालतले यस्तो फैसला सुनाएको छ । त्यो सुनेर अपराधी आफै बेहोस भए ।

तीन हप्ताकी बालिकाको पोर्न भिडियो बनाएको आरोपमा पक्राउ परेका अभियुक्तलाई अमेरिकाको रोड आइल्याण्ड जिल्ला अदालतले २६० वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले उक्त सजाय सुनाईरहँदा ४५ वर्षका अभियुक्त थोमस गुडम्यान बेहोस नै भए । रोड आइल्याण्डमा बस्दै आएकी गुडम्यानले तीन हप्ताभन्दा पनि कम उमेरकी बालिकाको थुप्रै पोर्न भिडियो बनाएका थिए ।

यी भिडियोमा उनी बालिकाको शरिरलाई गलत तरिकाले छोइरहेको देख्न सकिन्छ । बालिका १८ महिना हुञ्जेलसम्म उनले लगातार पोर्न भिडियो बनाइरहे । उनी ती भिडियोलाई चाइल्ड पोर्नेग्राफी वेबसाइटमा पनि सेयर गर्दथे । करिब १० वर्षपछि उनको त्यो कतुर्त बाहिर आएको हो ।

थोमसबारे यो कुरा त्यो दिन सार्वजनिक भयो जब उनी काम गरिरहेका बेला स्मार्टफोन प्रयोग गर्न थाले । र उनका बोसले फोन खोसे । फोन हेर्दा उनले थुप्रै बच्चाहरुलाई गलत तरिकाले छोएको तस्बिर र चाइल्ड पोर्नोग्राफी भिडियो थिए । त्यसपछि यो सबै घटना पुलिससम्म पुग्यो ।

अदालतले थोमसलाई २६० वर्षको सजाय सुनाएको हो । अदालतले उनलाई यो सजाय जसरी पनि भोग्नैपर्ने भनेको छ । किनभने यो घटनाको अनैतिकताको स्तर निकै उच्च छ । उनले धेरै बालिकाको यौन शौषण गरेको आरोप छ । एक ६ वर्षकी बालिका पनि छिन् जसको ६ वर्षसम्म शोषण भयो ।

अदालतले उनलाई नवजात शिशुको यौन शौषण र पोर्नेग्राफी बनाएको बाहेक सात बालिकामाथिको यौन शौषणमा दोषी ठहर गर्दै २६० वर्षको जेल सजाय सुनाएको हो । प्रत्येक मामलामा उनलाई ३० वर्षको सजाय भएको छ । चाइल्ड पोर्नेग्राफी बनाएको, फोनमा राखेको र हेरेको आरोपमा उनलाई २० वर्षको थप सजाय भएको छ ।

दोषी गुडम्यान होसमा आएपछि न्यायाधिसले केही भन्नु छ भनेर सोध्दा उनले आफूले गरेको कृत्यमा स्पष्टिकरण दिनका लागि आफूसँग केही नभएका थिए । उनलाई सजाय भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ ।

Logo