कुटेर श्रीमती मार्ने डाक्टरको बयान, ‘विवाहमा म बेहुला थिए…’

कुटेर श्रीमती मार्ने डाक्टरको बयान, ‘विवाहमा म बेहुला थिए…’

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । डाक्टर श्रीमानको कुटपिटबाट गम्भीर घाइते सुनिता यादवको उपचारका क्रममा शुक्रबार निधन भयो । नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते जेठी श्रीमती सुनिताले उपचारका क्रमकाठमाडौंस्थित टिचिङ हस्पिटलमा अन्तिम स्वास लिईन् । बच्चा नभएको विषयमा सुनिता घरपरिवारबाट लामो समयदेखि याताना सहदैं आएकी थिईन् ।

वीरगन्ज महानगरपालिका २० हरपतगंजकी सुनितालाई चैत ६ गते राती डा. यादवले कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । यतिबेला डा. यादव प्रहरी हिरासतमा छन् । प्रहरी हिरासतमा रहेका उनले प्रारम्भिक बयानमा बाथरुममा लडेर चोटपटक लागेको भनेका थिए । तर सुनिताको माईतिपक्षले मार्ने नियतले नै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सुरुमा उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत उजुरी परेको थियो । सुनिताको निधनपछि माईतिपक्षले काठमाडौंमा नै कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जाहेरी दिएको पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए । पोष्टमार्टम रिर्पोटसँगै जोहरी पनि पर्सा प्रहरीलाई बुझाईएपछि थप अनुसन्धान गरिने एसपी ढकालको भनाई छ ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्च गरेर विवाह गरिदिएका थिए ।

निवेदनअनुसार घर फर्केपछि उनीमाथि झन् दुर्व्यवहार हुन थालेको थियो । २०६२ जेठ २१ मा गरगहना र कपडा खोसेर वीरगन्जको घरबाट निकालिदिएका थिए । उनी हरपतगन्जस्थित पुरानो घरमा बस्न थालिन् ।

एउटा कागजमा सही गर्न नमानेपछि मट्टीतेल छर्केर आगो लगाउने प्रयाससमेत भएको थियो । मट्टीतेल छर्केपछि सुनीता चिच्याउँदै घरबाहिर निस्किएकी थिईन् । भागेर माइती पुगिन् । त्यसलगत्तै जिल्ला प्रशासनमा उजुरी गरेकी थिईन् । पछि उनले अवदेखि कुनै प्रकारको यातना नदिने भन्दैं कागज गरेका थिए ।

सचितानन्दले २०६४ सालतिर दाइजोकै लागि सीमावर्ती विहार, रक्सौलकी एक महिलासँग दोस्रो विवाह गरेका थिए । प्रहरी हिरासतमा रहेका सचितानन्दले भनेका छन्, ‘विवाह हुँदा म बेहुला थिएँ । दाइजोको विषयमा मलाई जानकारी भएन ।’

Skip This
Skip This
Logo