रक्तसञ्चार सेवा केन्द्र बालकुमारीबाट कालिमाटी सर्यो

रक्तसञ्चार सेवा केन्द्र बालकुमारीबाट कालिमाटी सर्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा तथा गतिविधिहरु कालीमाटीस्थित रेडक्रस मार्गस्थित केन्द्रीय कार्यालय परिसरबाट संचालन हुने भएको छ ।

यस अघि ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएकोमा चैत्र १७ गते आईतबारदेखि सोसाइटीको नयाँ भवनबाट सञ्चालन हुन लागेको हो ।

यसका अलावा दाता व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्तसंकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि अवदेखि यहीँबाटै हुनेछ ।

भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको र सो अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहिँबाट सेवा सुरु हुने नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए ।

Logo